बलात्कारपछि भागरथी हत्या प्रकरणः दर्जनौँ व्यक्तिमाथि अनुसन्धान, परिणाम शून्य

11.05K
shares

१७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ६ दिन बित्दा समेत घटनामा संलग्नको पहिचान हुन सकेको छैन।घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफै घटनास्थलमा खटिएका छन्। तर प्रहरीले हालसम्मको अनुसन्धानबाट सन्तोषजनक परिणाम भने हात पार्न सकेको छैन।

गत बुधबार बैतडीको दोगडाकेदार गाउँपालिका–७ को सनासन धर्म माध्यमिक विद्यालयबाट फर्किने बेला वेपत्ता भएकी भागरथीको शव बिहीबार स्थानीय लबलेक सामुदायिक वनमा फेला परेपछि प्रहरीले घटना स्थल सिल गरेको थियो।अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको प्रहरीले आशंका गरेझै बलात्कारपछि भागरथीको हत्या गरिएको कुरा शव परीक्षण रिर्पोटले पुस्टि गरिसकेको छ। अनुसन्धानका दायरा साघुरिएकाले प्रहरी सकारात्मक देखिएतापनि परिणाम भने शून्यमै छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले शंकास्पद दर्जनौँ व्यक्तिमाथि अनुसन्धान भइसकेको बताए।‘हामीले शंकास्पद दर्जनौँ व्यक्तिलाई सोधपुछ गरेर अनुसन्धान गरिसकेको छौँ,’ सिंहले दिनेशखबरसँग भने,‘केही मानिसहरुको कागजपत्र समेत गराइएको छ। तर कसैलाई पक्राउ गरिसकेको अवस्था अहिले छैन। अनुसन्धान सकारात्मक रुपले अघि बढेकाले छिट्टै परिणाम आउनेमा हामी विश्वस्त छौँ।’

उनले घटनास्थलबाट संकलन गरिएका सबुत प्रमाण परीक्षणका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइसकेकाले त्यसले पनि अनुसन्धानमा सघाउने विश्वास व्यक्त गरे।भागरथीको हत्यापछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डे र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको छुट्टाछुट्टै टोली गत शुक्रबारदेखि बैतडीमै छ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीलाई अनुसन्धान अधिकृत तोकिएपनि प्राविधिक सहयोगका लागि थप टोली परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083