बैतडीमा ट्याक्टर दुर्घटना: एकको मृत्यु, तीन घाइते

1.74K
shares

बैतडी। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर बिहीबार बिहान सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य तीन जना घाइते भएको बैतडी प्रहरीले जनाएको छ। मृतक तथा घाइतेहरूको पहिचान हालसम्म खुल्न सकेको छैन।

घाइतेहरूलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083