पहिलो पटक हुम्ला पुग्यो सडक सवारी साधन

9.5K
shares

हुम्ला । जिल्लामा पहिलो पटक सडक डिभिजन कार्यालय हुम्लाले सरकारी गाडी पुर्याएको छ । हिल्सा-सिमकोट मोटरबाटोको च्याछहरा खण्डको काम पुरा नभएकोले सल्ली खोलासम्म हिल्सा सिमकोट र सल्लीदेखि लिमि-लाप्चाको सडक हुँदै शनिबार सिमकोटमा गाडी पुगेको हिल्सा सिमकोट सडक आयोजना प्रमुख शंशाक मिश्रले जानकारी दिएका छन ।

उनले चीनबाट नेपाली गाडी गुडाएर लिन नमिल्ने भएको केरुङ नाका हुँदै हुम्ला हिल्सा नाका कन्टिनरमा ढुवानी गरी ल्याएको उनले बताए । अब हुम्ला चीनको सिमाना हिल्सा सम्म-५ किलोमिटर गाडी गुड्नेछ । भने सिमकोटदेखि १५ किलोमिटर खार्पुनाथ गाउँपालिकाको याङ्गचुसम्म सडकको गाडी चीनीया कन्टिनरले नेपाली गाडी हिल्सा पुर्याएको हो ।

रसुवाको करुङ्ग नाका हुँदै हिल्सा सिमकोट आयोजनाको गाडी चीनको ताक्लाकोट हुँदै हिल्सा पुर्याएको थियो । नेपाली गाडी चीनमा गुडाएर लिन नमिल्ने भएपछि चीनिया कन्टिनरमा ढुवानी गरेर हिल्सासम्म पुर्याएको हिल्सा सिमकोट सडक आयोजना प्रमुखले बताए ।

उनले चिनिया रुडमा नेपाली गाडी चल्न नमिल्ने भएपछि २ लाख ४ हजार ढुवानी गरी हिल्सा नाकासम्म गाडी लगेको बताए । हिल्सा सिमकोट सडक आयोजनाको गाडी हुम्लाको हिल्सा नाकाबाट दिनपछि सदरमुकाम सिमकोट गाडी पुर्याएको हिल्सा सिमकोट सडक आयोजनाका डाईभर नर बहादुर लामाले बताए । उनले गाडी सिमकोट ल्याउनका लागि ३ वटा लेक क्रस गरेर ल्याएको बताए । बिच बाटो खाद्यान्न सामाग्री साथ बोकेर ल्याएका थियो जुन ठाउँमा रात पर्छ त्यही बास बस्ने गरेको डाईभर लामाको भनाई छ ।

च्याछहरामा सडक निर्माण कार्य हुने गरेकाले लिमी लाप्चा सडक लेक धिगा हुँदै सडको गाडी सदरमुकाम सिमकोट भित्रयाइएको छ । सडक सञ्जालले हुम्लालाई नजोडे पनि हिल्सा सिमकोट सडक आयोजनाले सरकारी गाडी हुम्ला सदरमुकाम सिमकोट पुर्याएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083