दुई वर्षदेखि जारी रहेको तातोपानी नाकाबन्दीमा सरकारको मौनता रहस्यमय

२०७५ कात्तिक २० मंगलवार
1.2K
shares
काठमाण्डौ । भूकम्पले क्षति पु-याएको सडकलगायत अन्य पूर्वाधार पुनर्निर्माण भइसक्दा पनि दुई वर्षदेखि बन्द रहेको तातोपानी नाका अझै खुल्न सकेको छैन ।
अरनिको राजमार्ग र मितेरी पुलदेखि चीनको न्यालाम सम्मको सडक साविककै अवस्थामा फर्कंदासमेत चीनले चासो नदेखाएकै कारण नाका पुनः सुचारु हुन नसकेको हो । बन्द रहेको तातोपानी नाका खुलाउन नेपाल–चीन बीचका उच्च अधिकारीहरुको सीमा सुरक्षा बैठक पटक–पटक बसिसकेको छ ।
बैठकमा चीनका अधिकारीले सडकमा क्षति पुगेको कारण देखाउँदै आएका थिए । अहिले सडक निर्माण भइसक्दा पनि नाका सूचारु गराउनेबारे चीन मौन बस्नुले पनि नाका खुल्नेका अन्योल देखिन्छ । तातोपानी नाका ७२ सालको भूकम्पपछि पूरै ठप्प छ । २०२७ मा खुलेको यो नाका नेपाल र चीनबीच सबैभन्दा महत्वको व्यापारिक मार्ग हो । यो नाकाबाट सरकारले वार्षिक ७ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो ।
यही नाका भएर नेपाली र भारतीय तीर्थालु तिब्बतको मान सरोवर जाने गर्छन् । पछिल्ला वर्षमा एक लाखभन्दा बढी पर्यटक यही नाका भएर तिब्बत गएको तथ्यांक छ । तातोपानी नाका खुलाउने पक्षमा रहेको चिनियाँ पक्षले तातोपानी नाका सधैँका लागि बन्द गर्ने प्रस्ताव गरेको छ ।
नेपाल सरकारले तातोपानी नाका खुलाउने विषयमा खासै पहल नगरेकाले चिनियाँ पक्षले तातोपानी नाकालाई सधैँका लागि बन्द गर्ने प्रस्ताव गरेको हुन सक्ने त्यस स्थानका वासिन्दाहरूको भनाइ छ । अहिले चीन भएर नेपालको एक नाकाबाट अर्को नाकामा आवतजावत पूर्णतः बन्द छ । दुई देशबीचको वार्तामा अवरुद्ध भएको खासा नाका सुचारु गराउनेबारे चिनियाँ टोलीसँग विषय उठाउने नेपाली तयारी पनि असफल भएको छ । नेपाल र चीनबीच २७ वर्षअघि ९सन् १९९४ मा० सडक यातायात सम्झौता भएको थियो ।
०७१ साउन १७ गते जुरे पहिरोबाट अवरोध सुरु भएको तातोपानी नाकाको अवको भविष्यनै अन्यौलमा परेको देखिन्छ ।
भूकम्पले क्षति पुयाएको सडकलगायत अन्य पूर्वाधार पुनर्निर्माण भइसकेको थियो । तातोपानी नाकालाई नै एकपछि अर्को विपद्ले छोडेन । ०७३ असार १७ गते भोटेकोसी उर्लिएपछि सबै निर्माण भएका भौतिक संरचनाहरू ध्वस्त पा¥यो । लार्चामा पहिरो गएपछि तातोपानी नाकाको सम्भावना सकिने अवस्थामा पुगेको छ ।
नेपाल–चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहलपहल हुन्थ्यो । भूकम्प र बाढी–पहिरोले बस्ती जोखिममा परेपछि तातोपानीमा बस्ने हजारौं बासिन्दा अहिले विस्थापित भएका छन् । बजार मानवरहित हुँदा त्यहाँ दैनिक हुने लाखौंको व्यवसाय पनि गुमेको छ ।
अघिल्लो वर्ष सम्पन्न चुनावअघि सिन्धुपाल्चोकबाट उम्मेदवार बनेका नेताहरुले चुनावपछि बन्ने सरकारले तातोपानी नाका खुलाउने दावी गरेका थिए । तातोपानी नाका सञ्चालनमा हुँदा दसैं–तिहार, जाडोजस्ता सिजन आउनुअघि चीनबाट सामान ल्याउने व्यापारीको भीडले यहाँको रौनक बेग्लै हुन्थ्यो । अहिले तातेपानी नाका मानवरहित जस्तै शून्य बनेको छ । तातोपानी नाकामा बस्नेहरू भने सधैंका लागि व्यापार–व्यवसाय र घरबार छोडेर हिँडेका छन् ।

२०७५ कात्तिक २० मंगलवार