कृषिमा लगानी ल्याउन सरकार क्रियाशील : मन्त्री ‘विष्ट’
वि.सं.२०७५ कात्तिक २० मंगलवार १३:३७
6.2K
shares
shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कृषि क्षेत्रको विकासका लागि सरकार आवश्यक लगानीको व्यवस्था गर्न क्रियाशील रहेको बताएका छन्।
मन्त्री विष्टले कृषिजन्य वस्तुको उत्पादन बढाउन र त्यसको बजारीकरण गर्न सरकारले व्यापार नीति, औद्योगिक नीति र दिर्घकालीन कृषि रणनीति तय गरेको बताए। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उत्तरदायी व्यवसाय संचालनका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था तर्जुमा गरिरहेको दाबी गरे।
मन्त्री विष्टले कृषि क्षेत्रको विकासको लागि श्रमिक मैत्री वातावरण निर्माणमा पनि सरकारले जोड दिएको बताए। कार्यक्रममा कृषि व्यवसायप्रति उत्तरदायी बनाउने नीतिगत र संरचनागत आधारका विषयमा पनि छलफल गरिएको थियो।






























