कैलालीमा ब्राउनसुगरसहित दुईजना पक्राउ

वि.सं.२०७५ कात्तिक २१ बुधवार १३:०५
4.54K
shares
shares

कैलाली । लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले मंगलबार साँझ धनगढी उपमहानगरपालिका ३ बाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कञ्चनपुरको पुनर्वास नगरपालिका-११ बस्ने बिसन लामा र धनगढी उपमहानगरपालिका(३ का इन्द्रबहादुर गुरुङ्गलाई ५ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख, प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरिबहादुर वलीले जानकारी दिए ।
शंकापद अवस्थामा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा गतिविधिमाथि शंका लागेपछि चेकजाँच गर्दा ब्राउनसुगरसहित उनीहरुलाई नियन्त्रण्मा लिएको डीएसपी वलीले जानकारी दिए । पक्राउ परेकाहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।