जनकपुर पुगेर ‘खाँड’ले दिए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी

वि.सं.२०७५ कात्तिक २१ बुधवार १३:१२
shares

जनकपुर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्रदेश सरकारलाई अख्तियारी दिने र सङ्घीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर्यता नदेखिएको बताएका छन् ।
नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभामा काङ्गे्रसका प्रमुख सचेतकसमेत रहेका खाँडले सरकारले संविधान विरोधी क्रियाकलाप गरिरहेको भन्दै सोकोविरूद्धमा काङ्गे्रसले छठपर्वपछि रचनात्मक र सङ्घर्षशील कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिए ।
मुुलुकमा हिंसा, महँगी, करवृद्धि, मूल्यवृद्धि र असुरक्षाका कारण जनता कष्टकर अवस्थामा रहेको उनको भनाइ थियो । उनले हजामदेखि जुत्ता पालिस गर्नेलाई कर लगाएको, घर करका कारण घर बेच्नुपर्ने अवस्था सिर्जना गरेको, महँगीले जनताको आम्दानी घट्ने क्रियाकलाप गरेकाले मुलुक अस्थिर बनेको आरोप लगाए ।