पिकअपको ठक्करबाट महिलाको मृत्यु

6.57K
shares

बनियानी। झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा आज बिहान सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाइ तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा को १ च ७७०५ नं। को पिकअप भ्यानले ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राईले जानकारी दिए। चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। रासस


divya collage
unigloble collage