धादिङमा ग्यास बुलेट पल्टेर आगलागी
वि.सं.२०७५ कात्तिक २५ आइतवार १३:०३
5.97K
shares
shares

काठमाडौं । धादिङमा ग्यास बुलेट पल्टेर आगलागी भएको छ। बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा दुर्घटना भएको हो। दुर्घटनामा परि एक जना घाइते भएको बुझिएको छ।
अहिले राजमार्गसमेत अवरुद्ध भएको छ । घटनास्थलमा स्थानीय, सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।घटनाको बिस्तृत विवरण आउन बाँकी छ।




















