प्राकृतिक चिकित्सालयबाट काठ बरामद प्रकरण : दोषी उम्काउने खेल

Nepal Life Insurance Long Ad

चितवन । भरतपुरको वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयबाट दुई साताअघि अवैध रुपमा काटेर लुकाइएको काठ बरामद भयो ।

प्राकृतिक चिकित्सालयका पदाधिकारीहरुले छिमेकी जलदेवी सामुदायिक वनबाट काठ चोरी गरेर लुकाइरहेको अवस्थामा कात्तिक १२ गते सामुदायिक वनका पदाधिकारीहरुले ५६.११ क्यूफिट सालको काठ बरामद गरेका थिए । बरामद गरिएको काठ सामुदायिक वनको कार्यालय आँपटारीमा छ । विशेष सुराकीका आधारमा काठ बरामद गरिएको वन समूहका अध्यक्ष केशव थापाले जानकारी दिए ।

पवित्र देवघाट जाने क्षेत्रमा बागेश्वरी आश्रम र प्राकृतिक चिकित्सालय छन् यो काठको बजार मुल्य करिव साढे २ लाख रुपैयाँ छ । सालको काठ काठेर त्यसको फेदमा माटोले पोतेको अवस्थामा सामुदायिक वनका पदाधिकारीहरुले काठ फेला पारेका थिए । चिकित्सालयका पदाधिकारीहरुले यसअघि पनि काठको चोरी र तस्करी गर्ने शंका उब्जिएको अध्यक्ष थापा बताउँछन् ।

काठ बरामद भएपछि सामुदायिक बनले तीन सदस्यीय छानबिन समिति गठन ग-यो । समितिले कात्तिका १८ गते प्रतिवेदन दियो । चिकित्सालयले संस्थागत रुपमा काठ काट्ने निर्णय नगरेको भए पनि चिकित्सालयकै प्रयोजनका लागि काठ काटेको प्रतिवेदनमा उल्लेख छ । चिकित्सालयले त्यहाँका सुपरभाइजर अर्जुन कार्कीले आफूहरुलाई जानकारी नदिइ काठ काटेको बताएका छन् । कार्कीले पनि आफ्नै सुरले काठ काट्न लगाएको झुटो लिखित स्पष्टिकरण दिएका छन् ।

चिकित्सालयका अध्यक्ष शैलेन्द्र पिया हुन् भने कार्यकारी निर्देशक डा। हेमराज कोइराला । अध्यक्ष शैलेन्द्र पियाले काठ काटिएको स्वीकार गरे भने, कार्यकारी निर्देशक डा। कोइरालासँग गत सोमबार सम्र्पक गर्दा मंगलबार चिकित्सालयमा नै भेट्ने बताए । मंगलबार चिकित्सालयमा पुग्दा डा। कोइराला बिदामा बसेको जानकारी दिइयो ।

चिकित्सालयका कर्मचारी अर्जुन कार्कीकै विवरणलाई आधार मानेर सामुदायिक बनले प्रचलित कानुनअनुसार ७९ हजार तीन सय तीस रुपैयाँ जरिवाना गराएर छाडेको छ । कात्तिक १८ गते उक्त रकम चिकित्सालयले नै तिरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले काठ बरामदका बारेमा जलदेवी सामुदायिक वन, डिभिजन वन कार्यालय र बागेश्वरी परिषद्लाई यथार्थ अवस्थाको जानकारी गराउनु भनेको छ । कात्तिक १५ गते जिल्ला प्रशासन कार्यालयले काटेको पत्रको जवाफ अहिलेसम्म ती निकायले दिएका छैनन् ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठ बरामदका बिषयमा जानकारी मागिएको तर अहिलेसम्म नआएको भन्दै ताकेता भइरहेको बताए । जिल्ला प्रशासन कार्यालयले जलदेवी सामुदायिक वन माथि पनि काठ बरामद र तस्करीको आशंका गरेको छ । ११२ क्युफिट काठ काटिएकोमा ५६ क्यूफिट मात्रै किन बरामद भयो भन्ने प्रश्न सामुदायिक वन माथि प्रशासनले गरेको छ ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले पनि सामुदायिक वन समूहले घटना मिलाएको भनेर कुरा सुनिएको तर प्रतिवेदन अहिलेसम्म नआएको बताए । सामुदायिक वनबाट प्रतिवेदन आएपछि सोही अनुसार हेरेर कदम अगाडि बढाइने उनको भनाइ छ । बागेश्वरी आध्यात्मिक परिषदका कार्यबाहक अध्यक्ष ऋषिराज पाण्डेले वागेश्वरी क्षेत्रभित्र भेटिएको काठका विषयमा आफू अनभिज्ञ रहेको बताए । बागेश्वरी आध्यात्मिक परिषद अन्तर्गत प्राकृतिक चिकित्सालय, गौ संरक्षण, गुरुकुल सञ्चालन गरिएका छन् ।


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...