गृह मन्त्रालयस्थित सुरक्षा सल्लाहकारको कार्यकक्षमा आगलागी

वि.सं.२०७५ कात्तिक २९ बिहीवार १७:११
4.5K
shares
shares

काठमाडौं । गृह मन्त्रालयभित्र आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार डा। ईन्द्रजित राईको कार्यकक्षमा आगलागी भएको हो ।
बिहीबार दिउँसो एसीको तार सर्ट भएर आगो लागेको राईले पुष्टि गरे । ‘एसीको हिटर चलिरहेको थियो । एक्कासि सर्ट भएछ’, उनले मुक्तिखबरसँग भने, ‘थाहा पाएर तत्काल नियन्त्रणमा लिइयो ।’
आगोलागीबाट कोठामा रहेका केही सामाग्री जलेर नष्ट भएको जनाइएको छ ।