मन्त्रिपरिषद् बैठकको निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गरिने

5.8K
shares

काठमाडौं । अब मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर दिइने भएको छ ।

सूचना तथा सन्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता मत्रालयमा पत्रकार सम्मेलन गरि जानकारी दिने बताएका हुन् ।

बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्री बास्कोटाले निणय गरेको २४ घन्टापछि जानकारी दिने ब्यवस्था गरिएको उल्लेख गरे । साथै साप्ताहिक रूपमा गरिने पत्रकार सम्मेलनमा विभिन्न विषयगत मन्त्रालयका प्रवक्ता पनि सहभागी हुने उनले जानकारी दिए ।