जीप दुर्घटनामा एकको मृत्यु

6.68K
shares

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय चालक धनबहादुर साउँदको घटनास्थलमै मृत्यु भएको र मृतक चालकका २२ वर्षीय छोरा नवराज साउँद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा घाइते भएका छन्।

घाइतेहरुको अहिले अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको र मृतक धनबहादुरको लास परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ। जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। जीप सडकभन्दा एक सय मिटर तल खसेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083