छायानाथ रारा नगरपालिकामा मदिरा निषेध

7.35K
shares

कालिकोट । मुगुको छायानाथ रारा नगरपालिकालाई आइतबारदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। मदिरा हिंसा र विकासको बाधक भएकाले नगर क्षेत्रमा यसको प्रयोग निषेध गरिएको नगर प्रमुख हरिजंग शाहीले बताए।

उनले भने,‘नेपाल सरकारको नीतिलाई टेकेर नगरलाई मदिरामुक्त घोषणा गरिएको छ।’ स्थानीय प्रशासन, स्थानीय तहका जनप्रतिनिधि, स्थानीयवासीको सहयोगमा नगरलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्न सफलता मिलेको नगर प्रमुख शाहीले बताए। ‘स्थानीयवासी, प्रशासन र जनप्रतिनिधिको सहयोगमा यो काम गर्न सफल भएको छौं,’ उनले भने, ‘आइतबारदेखि कसैले पनि यो नगरपालिका मदिराको कारोबार र सेवन गर्न पाउने छैनन्।’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार छायाँनाथ रारा नगरपालिकालाई मदिरा निषेधित क्षेत्रका रुपमा घोषणा गर्दै मदिराका कारणले हजारौं मानिसको ज्यान जोखिममा रहेको मदिरा देशभरबाट निषेधित हुनु पर्ने बताए। ‘मदिराका कारणले हजारौंको ज्यान जाने गरेको छ। कयौंको घरबार समेत बिग्रिएको छ,’ उनले भने, ‘देशमा नै मदिरा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकता रहेको छ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083