भारतबाट नेपाल ल्याउँदै गरेको २५ प्रकारका औषधि बरामद
वि.सं.२०७५ मंसिर ४ मंगलवार ०९:४३
5.42K
shares
shares

गौशाला । महोत्तरीको पश्चिमी सिमानाका सम्सी गाउँपालिकाबाट गए राति प्रहरीले करीब रु दुई लाख मूल्य बराबरको भारतीय औषधि बरामद गरेको छ।
भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको २५ प्रकारको भारतीय औषधि बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
भारतमा कम मूल्यमा किनेर नेपालमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले सो औषधि भन्सार छली गरी नेपाल ल्याउँदै गरेको खड्काले बताए। रासस

















