एक कल टेलिफोन गर्न एक दिनको पैदल

4.93K
shares

बझाङ । चीनको स्वशासित क्षेत्र तिब्बतसँंग जोडिएको विकट हिमाली साइपाल गाँउपालिकाका पाँच गाउँका स्थानीय बासिन्दाले एक कल फोन गर्नका लागि पनि एक दिनको पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । केही वर्ष देखि यहाँको धुली, बलौडी, न्युना र धलौन गाउँका बासिन्दाले एक दिनको पैदल हिँडेर काँडाको बाँझचौकामा रहेको एक मात्र भि स्याट टेलिफोनबाट गाउँपालिका बाहिर सम्पर्क गर्नुपर्ने बाध्यता रहेको छ ।

सूचना र प्रविधिको युग भनेर भन्ने गरे पनि साइपाल गाउँपालिकावासीले भने एक कल फोन गरेर आफन्तसँग सन्चो, विसन्चो तथा खबर आदानप्रदान गर्न समेत एक दिनको पैदल यात्रापछि मात्र फोन गर्न पाउने गरेका छन् । बलौडीका वीरजित बोहराले भन्नुभयो, घरबाट काँडा आउन एक दिनै लाग्छ, फोन गर्नु प¥यो भने बिहानै आएर उतै बस्नुपर्छ, भोलिपल्ट मात्र घर फर्किन्छौँ । पुरुषहरू घर बाहिर हुने महिलालाई झन् गाह्रो हुन्छ ।

नेपालको संविधानमा सूचनाको हकलाई नागरिकको मौलिक हकमा राखेको भए पनि साइपाल गाउँपालिकाका स्थानीयवासीले भने सामान्य खबर आदानप्रदान गर्नका लागि समेत दैनिकजसो सास्ती भोग्दै आएका छन् । दिनमा ३० देखि ७० जनासम्म गाउँबाट फोन गर्ने मानिस बाँझचौका पुग्ने गरेको टेलिफोन सञ्चालक गोरख रोकायाले बताउनुभयो । यहाँका स्थानीयवासीले निकै समस्या भोग्दै आएका छन् ।

२०६६ सालमा नेपाल टेलिकम र तत्कालीन काँडा गाविसको लगानीमा जडान गरिएको भि स्याट सेवा बेला–बेला बिग्रने र मर्मत गर्नका लागि सदरमुकामबाटै प्राविधिक बोलाउनुपर्ने भएकाले कहिलेकाहीँ महिनौँ सम्म पनि यहाँका मानिसहरू टेलिफोन सम्पर्कविहीन हुने गरेको उहाँले जानकारी दिनुभयो । फोन बिग्रेको बेला दिनभर हिँडेर टाढाबाट आएका मानिसहरू फोन नगरेरै फर्किनुपर्ने हुन्छ । बेकारमा दुःख पाउछन्, उहाँले भन्नुभयो । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083