एक कल टेलिफोन गर्न एक दिनको पैदल

Nepal Life Insurance Long Ad

बझाङ । चीनको स्वशासित क्षेत्र तिब्बतसँंग जोडिएको विकट हिमाली साइपाल गाँउपालिकाका पाँच गाउँका स्थानीय बासिन्दाले एक कल फोन गर्नका लागि पनि एक दिनको पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । केही वर्ष देखि यहाँको धुली, बलौडी, न्युना र धलौन गाउँका बासिन्दाले एक दिनको पैदल हिँडेर काँडाको बाँझचौकामा रहेको एक मात्र भि स्याट टेलिफोनबाट गाउँपालिका बाहिर सम्पर्क गर्नुपर्ने बाध्यता रहेको छ ।

सूचना र प्रविधिको युग भनेर भन्ने गरे पनि साइपाल गाउँपालिकावासीले भने एक कल फोन गरेर आफन्तसँग सन्चो, विसन्चो तथा खबर आदानप्रदान गर्न समेत एक दिनको पैदल यात्रापछि मात्र फोन गर्न पाउने गरेका छन् । बलौडीका वीरजित बोहराले भन्नुभयो, घरबाट काँडा आउन एक दिनै लाग्छ, फोन गर्नु प¥यो भने बिहानै आएर उतै बस्नुपर्छ, भोलिपल्ट मात्र घर फर्किन्छौँ । पुरुषहरू घर बाहिर हुने महिलालाई झन् गाह्रो हुन्छ ।

नेपालको संविधानमा सूचनाको हकलाई नागरिकको मौलिक हकमा राखेको भए पनि साइपाल गाउँपालिकाका स्थानीयवासीले भने सामान्य खबर आदानप्रदान गर्नका लागि समेत दैनिकजसो सास्ती भोग्दै आएका छन् । दिनमा ३० देखि ७० जनासम्म गाउँबाट फोन गर्ने मानिस बाँझचौका पुग्ने गरेको टेलिफोन सञ्चालक गोरख रोकायाले बताउनुभयो । यहाँका स्थानीयवासीले निकै समस्या भोग्दै आएका छन् ।

२०६६ सालमा नेपाल टेलिकम र तत्कालीन काँडा गाविसको लगानीमा जडान गरिएको भि स्याट सेवा बेला–बेला बिग्रने र मर्मत गर्नका लागि सदरमुकामबाटै प्राविधिक बोलाउनुपर्ने भएकाले कहिलेकाहीँ महिनौँ सम्म पनि यहाँका मानिसहरू टेलिफोन सम्पर्कविहीन हुने गरेको उहाँले जानकारी दिनुभयो । फोन बिग्रेको बेला दिनभर हिँडेर टाढाबाट आएका मानिसहरू फोन नगरेरै फर्किनुपर्ने हुन्छ । बेकारमा दुःख पाउछन्, उहाँले भन्नुभयो । रासस


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...