पर्सामा ट्रयाक्टरले किच्दा एक युवकको मृत्यु

6.79K
shares

पर्सा । आफै सवार ट्रयाक्टरले किचेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको घुर्मीस्थित कोहडीका शिवधर साह गोढ भनिने जितेन्द्र साह गोढको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

घुर्मीबाट बाराको प्रसौनीमा भइरहेको यज्ञ हेर्न ना ४ त नम्बरको ट्रयाक्टरमा आउँदा सोही ट्रयाक्टरले किचेर युवकको मृत्यु भएको हो। पर्साको ड्राइपोर्ट नजिकै बहुअरीमा ट्रयाक्टरबाट खसेका गोढलाई पछाडिको टायरले किच्दा घटनास्थलमा नै मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। ट्रयाक्टर गाउँकै रमुना साह गोढको भएको र दुर्घटना भएका बेला स्थानीय मुकेश कुशवालाले चलाएको स्थानीयले बताएका छन्।

घटनालगत्तै चालक कुशवाहा फरार रहेका छन्। तर, ट्रयाक्टर धनी रमुनाले दुर्घटनाका बेला ट्रयाक्टर आफ्नै छोरा रविले नै चलाएको भन्न बाध्य पारिएकाले रविलाई प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताएका छन्। रमुनाले स्थानीय नेताहरुले चालक कुशवाहालाई बचाउन दवाव दिएकाले छोराको नाम लिन बाध्य भएको स्थानीयले दावी गरेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताए। मृतक जितेन्द्र साह गोढको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083