सप्तरीमा यात्रुवाहक बस पोखरीमा डुब्यो, ५ जनाको मृत्यु

6.06K
shares

सप्तरी । डडेल्धुरा, दार्चुला र सिरहा बस दुर्घटना सेलाउन नपाउँदै सप्तरीमा पनि बस दुर्घटना भएको छ । जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिकामा यात्रुबाहक बस पोखरीमा डुब्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई स्थानीय र प्रहरीको टोलीले उद्दार गरिरहेको छ। बसमा कति यात्रु सवारी थिए एकिन विवरण आएको छैन ।

दुर्घटनामा परी २० जना यात्रु घाइते भएका छन् । दुर्घटनास्थलमा स्थानीय र प्रहरीको टोली पुगिसकेको छ । गम्भीर घाइते भएकाहरुको उपचारका लागि अस्पताल लगिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083