ढोरपाटनका अग्नि पीडितलाई नगरपालिकाद्धारा ४८ लाख सहयोग प्रदान

7.22K
shares

गुल्मी । बाग्लुङ्गको ढोरपाटन नगरपालिका-८ ढोरपाटनका ४८ परिवार अग्नि पीडितहरुका लागि नगरपालिकाले नयाँ घर बनाउन ४८ लाख दिने भएको छ ।

आगलागी भएको खबर पाएसँगै तत्काल पोखराबाट हेलिकोप्टर मगाएर बूर्तिबाङ हुँदै ढोरपाटन पुगेको नगर प्रमुख देवकुमार नेपालीसहितको टोलीले घटनास्थलको प्रत्यक्ष अवलोकन गरी पीडितहरुलाई घर बनाइदिने प्रतिवद्धता जनाएको हो ।

ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली, उपप्रमुख कर्मती पुन, प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल, हनुमान ध्वज गुल्म ढोरपाटनका गुल्मपति मेजर रविजंग खड्का वडा नं. ९ का वडा अध्यक्ष हरी बहादुर घर्ति, वडा नं. ८ का वडा अध्यक्ष नन्दे सुनार, प्रहरी चौकी बोबाङका इञ्चार्ज कृष्णबहादुर चुडाली तथा स्थानीय पीडित सहितको एक टोलीले घटना स्थलको प्रत्यक्ष अवलोकन गरेको थियो ।

घटना स्थलको अनुगमन निरीक्षण तथा पीडितहरुको गुनासो सुनेपछि नगरप्रमुख नेपालीले नगरको विपत व्यवस्थापन कोषबाट त्यहाँका आगलागी पीडितहरुको घर निर्माण गर्न भन्दै प्रतिपरिवार १ लाखका दरले ४८ लाख नगरपालिकाबाट उपलब्ध गराउने र घरको छाना छाउने राम्रो खालको जस्तापाता आफ्नो व्यक्तिगत सहयोग हुने प्रतिवद्धता जनाए ।

नगर प्रमुखको प्रतिवद्धतापछि आगलागी पीडितहरु खुसी भएका छन् । नेपालीले तत्काल त्यस स्थानमा नगरपालिकाका तर्फबाट इञ्जिनियर पठाएर सबैको एकैखालको भूकम्प प्रतिरोधी एकरएक तले, दुई कोठे शौचालय सहितको एकै प्रकारको घर निर्माण गर्ने बताए । स्थानीय ढुँगा माटोबाट व्यवस्थित घर निर्माण गरी एउटा भान्सा कोठा र एउटा सुत्ने कोठा घर बाहिर अनिवार्य शौचालय सहितका ४८ वटा घर निर्माणका लागि नगरपालिकाले तत्काल पहल गर्ने बताए ।

आगलागी भएको स्थान नगरपालिकाको वडा नं. ८ र ९ का जनताको मिश्रति बसोवार गर्ने भएकाले दुई वटै वडाका वडा अध्यक्षहरुको अगुवाईमा नयाँ वस्ति निर्माणको जिम्मेवारी लिन नगर प्रमुखले वडा अध्यक्षहरुलाई निर्देशनसमेत दिए ।

आगलागीस्थल ढोरपाटनमा रहेको हनुमानध्वज गुल्मले आगलागि नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाका तर्फबाट विषेश आभार तथा धन्यवाद बोल्दै नगर प्रमुख नेपालीले आगामी दिनमा स्थानीय जनताका समस्या, अफ्ठेराहरुमा यसरी नै साथ दिन नेपाली सेनाको गुल्मलाई आग्रह गरे । स्थानीय जनतालाई समेत आफ्ना अफ्ठेराहरुमा राज्यको कर्तव्यनिष्ट नेपाली सेनाबाट भरपुर सेवा दिन समेत अनुरोध गरेका थिए ।

बागलुङको ढोरपाटन नगरपालिका वडा नंं. ९ ढोरपाटन नवी गाउँमा आइतबार विहानपख भएको आगलागीबाट ४८ घर परिवार बस्ने ३० घर जलेर नष्ट भएको छ । विहान करिब ३ बजे तिर लागेको आगो ढोरपाटन स्थित नेपाली सेनाको हनुमानध्वज गुल्मका गुल्मपति मेजर रविजंग खड्काको नेतृत्वमा गएको १ सय २० जना नेपाली सेनाको टोलीले नियन्त्रण लिएको थियो ।

आगलागीबाट त्यहाँका ३० घर पूर्णरुपमा जलेर नष्ट भएको तथा त्यहाँ बस्ने ४८ घर परिवारको जायजेथा सम्पत्ति, लत्ताकपडा, अन्नपात जलेर खरानी भएको छ । आगलागी भएको थाहा पाएपछि तत्कार उद्धारका लागि पुगेको नेपाली सेनाको टोलीले अरु २३ घरमा आगोलागी हुनबाट जोगाएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083