डा. भट्टराईले निर्मलाका आमाबुबासगँ भेट गरी गरे एक लाख सहयोग
वि.सं.२०७५ मंसिर १० सोमवार १४:१२
5.56K
shares
shares

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गरेका छन् ।
निर्मलाको बुवा यज्ञराज पन्तको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ । भट्टराई सोमबार शिक्षण अस्पताल पुगेर निर्मलाका बुवालाई भेटेका छन् । साथै नयाँ शक्ति पार्टीका अष्ट्रेलियामा रहेका समर्थकले पठाएको एक लाख रुपैयाँ हस्तान्तरण गरे ।
भट्टराईले निर्मला सबैको छोरी भएको भन्दै न्यायको लडाईमा आफ्नो साथ रहने बताए ।




























