प्रचण्डमाथि खुकुरी प्रहार भएको भन्ने समाचार लेख्ने ‘पत्रकार’ पक्राउ

5.2K
shares

काठमाडौ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)माथि खुकुरी प्रहार भएको झुटा समाचार लेखेको आरोपमा एकजना ‘पत्रकार’ पक्राउ परेका छन् । पोस्टपाटी नामक अनलाइनका सम्पादक गोपाल चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द सम्पादक रहेको पोस्टपाटीले अघिल्लो हप्ता चितवन भ्रमणमा रहेका प्रचण्डमाथि स्थानीयले खुकुरी प्रहारको प्रयास गरेको भन्दै समाचार प्रकाशन गरेको थियो । झुटो समाचार लेखी भ्रम सिर्जना गर्न खोजको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले चन्दलाई मंगलवार काठमाडौंको मनमैजुबाट पक्राउ गरेको हो ।

रोल्पाको गंगादेव गाउँपालिका–३ घर भइ भक्तपुरको सानोठिमी घर भएका चन्द नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट ‘पत्रकार’ हुन् । प्रहरीले चन्दमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।