निर्मलाको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन

वि.सं.२०७५ मंसिर १५ शनिवार १३:३७
5.03K
shares
shares

काठमाण्डौं । निर्मलाको लागि न्याय माग्दै माइतीघरमा शनिबार प्रदर्शन भएको छ । प्रदर्शनकारीले बलात्कारीलाई फाँसीको माग गर्दै चर्को नारावाजी गरेका छन् । साथै गृहमन्त्रीको राजिनामासमेत माग गरेका छन् ।
प्रदर्शनमा विबेकशिल साझाको तर्फबाट उज्वल थापा, रन्जु दर्शना तथा नयाँ शक्ति पार्टीको तर्फबाट मानुसी यामी भट्टराई लगायत विभिन्न क्षेत्रको व्यक्तित्वको बाक्लो उपस्थिती रहेको छ । माइतीघरबाट विभिन्न व्यानर र पोष्टरसहित निस्किएको जुलुस अहिले नयाँ बानेश्वरतर्फ बढेको छ ।