राष्ट्रपति भण्डारी पोल्याण्ड प्रस्थान, उपराष्ट्रपतिलाई जिम्मेवारी

5.27K
shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र पोल्याण्डतर्फ प्रस्थान गरेकी छन्। उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ।

राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४औँ सम्मेलनको उद्घाटन समारोहमा भाग आज त्यसतर्फ प्रस्थान गरेकी हुन्। राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्डतर्फ जाने क्रममा त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083