बुटवलबाट २५ किलो चरेससहित चार जना पक्राउ
वि.सं.२०७५ मंसिर १६ आइतवार १५:४६
shares

बुटवल । २५ किलोग्राम चरेससहित प्रहरीले बुटवलबाट चार जनालाई पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय प्रदेश ५ दाङबाट खटिएको प्रहरीको बिशेष टोली र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरीको टोलीले बुटवल उपमहानगरपालिका-९ इँटा भट्टीबाट शनिबार राति १० बजे उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जाजरकोटका ४४ वर्षीय तिलक पुन, २८ वर्षीय टोपेन्द्र बोहरा, २८ वर्षीय प्रेम विक र बुटवल उपमहानगरपालिका-११ का ४० वर्षीय दिपेन्द्र घर्ती रहेका छन् । प्रहरीले तिलक, दिपेन्द्र र टोपेन्द्रबाट ६र६ किलो र प्रेमबाट ७ किलो गरी २५ किलो चरेस बरामद गरेको हो ।
बुटवल क्षेत्रमा लागूऔषध चरेसको कारोबार हुँदैछ भन्ने विशेष सुराकीको आधारमा चारै जनाको झोला खानतलासी गर्दा २५ किलोग्राम चरेस बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनीहरूले आधा-आधा किलोग्रामका ५० लाप्सा बनाइ बाँडेर झोलामा राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।































