सम्पादक चन्दको रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर
वि.सं.२०७५ मंसिर १६ आइतवार १६:५८
5.04K
shares
shares

काठमाडौं। पक्राउ परेका पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई रिहाईको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणमो रिट दायर भएको छ।
चन्दका भाए रमेश डाँगीले आइताबर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। रिटमा गृहमन्त्रालयलाई विपक्षी बनाइएको छ।
अफवाह फैलाउने समाचार लेखेको अरोपमा मंसिर ११ गते काठमाण्डौंको मनमैजुबाट महानगरीय अपराध महाशाखाले सम्पादक चन्दलाई पक्राउ गरेको थियो। उनलाई महानगरीय प्रहरी परिसर टेकुमामा राखिएको छ।































