जानकारी नदिइ श्रीमती माइत पठाएको भन्दै कैलालीमा छोराले गरे आफ्नै बुवा र ठूलोबुवाको हत्या

4.71K
shares

टिकापुर । कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा छोराले बुवा र ठूलो बुवाको हत्या गरेका छन् । घरायसी विवाद हुँदा २१ वर्षीय जहरसिंह चौधरीले ५५ वर्षीय बुवा चक्र चौधरी र ६० वर्षीय ठूलोबुवा पल्टु चौधरीको हत्या गरेका हुन् ।

शुक्रबार विहान चौधरीले काठको चिर्पट प्रहार गर्दा उनका बुवा र ठूलो बुवाको घटनास्थलमै मृत्यु भएको हो । जानकारी नगराई श्रीमतीलाई किन माईत पठाएको ? भन्दै काठको चिर्पटले बुवा, ठुला बुवा र आमालाई ढोका थुनेर हानेको जहरीलाल चौधरीले बयान दिएको ईलाका प्रहरी लम्कीले जनाएको छ। ५० वर्षिया आमा दिलबहादी देबी चौधरी भने घाइते भएकी छन् । घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

हत्या गर्ने चौधरी प्रहरीको नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।