मलेसियाले पनि नेपालबाट कामदार लैजाने प्रक्रिया रोक्यो, अब म्यानमार र श्रीलंकाबाट लैजाने

4.82K
shares

काठमाडौं । नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता कार्यान्वयन नभएपछि मलेसिया सरकार असन्तुष्ट बनेको छ । नेपालबाट कामदार लैजाने कम्पनीहरुलाई अनुमति दिन मलेसिया सरकारले बन्द गरिदिएको छ । मलेसिया सरकारले देश बाहिरबाट कामदार ल्याउन नीजि क्षेत्रका कम्पनीलाई जिम्मा दिँदै आएको छ । देशबाहिरबाट कामदार ल्याउने कम्पनीले नेपालका लागि अनुमति मागेका थिए । तर मलेसिया सरकारले नेपालभन्दा बाहिरबाट कामदार ल्याउन कम्पनीहरुलाई आग्रह गरेको छ ।

कतिपय कम्पनीले नेपालबाट कामदार ल्याउने सम्झौता ६ महिनाअघि गरिसकेका थिए । ६ महिनाभित्र कामदार ल्याउन नसके म्याद थप्न मिल्ने प्रावधान छ । तर मलेसिया सरकारले म्याद थप्न नमानेको मलेसियन कम्पनीहरुले नेपाली ब्यवसायीलाई जानकारी गराएका छन् । ७ महिनादेखि नेपालबाट मलेसिया कामदार जान सकेका छैनन् । श्रम सम्झौता भएपनि अझै खुल्ने छाँट छैन । नेपाल सरकारले कामदार पठाउन नचाहेको भन्दै मलेसिया सरकारले श्रीलंका र म्यानमारबाट कामदार ल्याउन कम्पनीहरुलाई आग्रह गरेको छ ।

मलेसियाले श्रीलंका र म्यानमारबाट कामदार लिन थालेपछि नेपालको रोजगार गन्तब्य समस्यामा पर्ने देखिन्छ । मलेसियाले श्रीलंका र म्यानमारबाट कामदार लिने तयारी थाल्दा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गम्भिर बन्न सकेको छैन । भेण्डर संस्थाका संचालक परिवर्तन नगरेसम्म श्रम स्वीकृति नदिने अडान कायमै राखेको छ । नेपालका लागि राम्रो रोजगार गन्तब्य मलेसिया गुम्ने खतरामा पुगेपछि राजनीतिक दलका नेताहरु तातिएका छन् तर श्रममन्त्री गोर्कण बिष्ट बरु राजीनामा दिने, भेण्डर संस्थाका सञ्चालक परिवर्तन नभएसम्म श्रम स्वीकृति नदिने अडानमा छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083