कुवेतमा एक नेपालीको मृत्यु

9.59K
shares

कुवेत । रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको शुक्रबार मृत्यु भएको छ । साबिकको बिरेन्द्र नगर नगरपालिका(७ हाल राप्ती नगरपालिका-८ चितवन घर भई कुवेतमा कार्यरत ईन्द्रमणी देबकोटाको कुवेतको फर्वानिया अस्पातलमा मृत्‍यु भएको हो। उच्च रक्तचाप र हात-खुट्टा सुन्निएर केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका देबकोटाको शुक्रबार बिहान मृत्‍यु भएको कुवेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ।

उच्च रक्तचाप संगै हातखुट्टा सुन्निएर कुवेतको फर्वानिया अस्पातल भर्ना भएका ईन्द्रमणीको निधनको खबरले परिवार शोकमा डुबेको छ। ९ बर्ष देखी कुवेतमा आर्मी क्याम्प, सिटी बस तथा ट्याक्सी चालकको रुपमा काम गरिसकेका ४५ बर्षिय ईन्द्रमणी केही समय देखी जन्डीस रोगले समेत ग्रस्त रहेको चितवन सेवा समाज कुवेतका सदस्य नबिन शिवकोटीले बताएका छन् ।

देवकोटाको मृत्यु बारे कुवेत स्थित नेपाली दूतावासलाई जानकारी भै सकेको हुदा कानुनी र कागजी प्रक्रिया पूरा गरि सवलाइ तत्काल नेपाल पठाइने दूतावासका प्रथम सचिब भोगेन्द्र लिङ्देनले जानकारी दिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083