वडा अध्यक्ष निलम्बनमा परेपछि..

5.3K
shares

राजविराज । विशेष अदालतद्वारा भ्रष्टाचारी ठहरिएका सप्तरीको रुपनी गाउँपालिका–१ का वडाअध्यक्ष पिताम्बर यादव निलम्बनमा परेका छन्। यादवलाई वडाअध्यक्षको हैसियतले कामकाज नगर्न उच्च अदालत जनकपुर राजविराज इजलासले बिहीबार अन्तरिम आदेश गरेको हो। नक्कली प्रमाणपत्र पेस गरी नोकरी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई कसुरदार ठहर गरेपछि ६ महिना कैद र १५ हजार जरिवानाको फैसला भएको छ।

यादवले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै विशेष अदालतले ०७४ पुस २१ गते ६ महिना कैद र १५ हजार जरिवानाको फैसला गरेको थियो।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी ६ बर्षभन्दा बढी नोकरी गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहरिएका वडाअध्यक्ष यादवलाई पदबाट निलम्बन गर्न माग गर्दै सोही वडाका रामभजु यादव, तेजनारायण यादव, गजेन्द्र यादव, गणेश यादव र किरणकुमार जायसवालले उच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। उनिहरुले निर्वाचन कार्यालयमा समेत निवेदन दिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083