डडेल्धुरामा घरभित्र निसासिएर छोराको मृत्यु, आमा बेहोस
वि.सं.२०७५ पुस ५ बिहीवार १३:२५
shares

डडेल्धुरा । डडेल्धुरामा निसासीएर छोराको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलैली नगरपालीका वडा २ घर भई डडेल्धुरा बस्ने अन्दाजी १३ बर्षीय बिनोद भट्टको गएराती मुत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
अमरगढी नगरपालीका ५ डडेल्धुरा पेन्सीएया एकेडेमीमा केयरटेकरको रुपमा कार्यरत हिरा भट्टको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते हिरालाई बिहीबार बिहान उपक्षेत्रीय अस्पताल डडेल्धुराले धनगढी रिफर गरेको बताएको छ ।
जाडोका कारण कोठामा कराईमा आगोका कोइलाहरु राखेर ढोका थुनी सुतेका आमा छोरा बिहीबार बिहान निसासिएर बेहोस भएको अवस्थामा फेला परेपछि उपचारका लागि उनीहरुलाई उपक्षेत्रीय अस्पताल पुर्याइएका थिए । अस्पतालले छोरा विनोदको करिब ६ घण्टा अगाडी नै मृत्यु भएको अनुमान गरीएको छ ।
डडेल्धुरा सदमुकाम नजिकै रहेको बैजनाथ मावि मौरोडामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रहेको बुझीएको प्रहरीले जनाएको छ । मृत्यु भट्टका बुबा कामको शिलशिलामा विदेशमा छन् ।






























