पुरानो बानेश्वरमा घरको छतबाट खसेर ३ वर्षीय बालकको मृत्यु
वि.सं.२०७५ पुस २२ आइतवार १२:३९
4.77K
shares
shares

काठमाडौँ । राजधानीको पुरानो बानेश्वरमा घरको छतबाट खसेका एक बालकको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका ९ पुरानो बानेश्वर बस्ने काभ्रे चौरी देउरालीका भुपेन्द्रराज गिरीका ३ वर्षीय छोरा अंशु गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिवार दिउँसो घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो।
केएमसीबाट थप उपचारको लागि नेपाल मेडिसिटी अस्पताल नख्खु पठाइएको बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
































