फोरममा हाम्रो कम्युनिष्ट पार्टी समाहित

5.8K
shares

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालमा ‘हाम्रो कम्युनिष्ट पार्टी नेपाल’ समाहित भएको छ । यहाँ आज आयोजित कार्यक्रममा उक्त पार्टी फोरममा समाहित भएको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । समाहित कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री तथा फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्धि बनाउन साना पार्टीसँग एकता गरेर पार्टीलाई बलियो बनाउन थालिएको बताए ।

उनले पार्टी मजबुद भए मात्र मुलुकको विकास हुने भएकाले विचार मिल्ने पार्टीसँग एकता गरिएको बताए । कार्यक्रममा फोरमका सहअध्यक्ष श्रेष्ठले सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्नका लागि पार्टी एकताले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा हाम्रो कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष हीरालाल गजुरेलले फोरमसँग विचार मिल्ने भएकाले एकता गरिएको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083