नुवाकोटमा गोरु जुधाउने मेलाको भब्य तयारी, गोरुको आवेदन खुला

4.71K
shares

नुवाकोट । नुवाकोटमा हरेक वर्षको माघे संक्रान्तिमा आयोजना गरिने गोरु जुधाउने मेला यस वर्ष पनि धुमधामका साथ मनाउने तयारी भएको छ ।

करिब साढे २ सय वर्षको इतिहास बोकेको यो मेलाको निरन्तरताका लागि स्थानीय युवाले सक्रियता देखाएका छन् । तारुका र वेत्रावतीमा प्रत्येक वर्ष आयोजना गरिने गोरु जुधाई प्रतियोगिताको तयारी यस वर्ष पनि धुमधामका साथ भइरहेको छ ।

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको मावली जाँदा उनको मनोरञ्जनका लागि गोरु जुधाएर देखाइएको र त्यसपछि फुर्सदको समयमा गोरु जुधाएर मनोरञ्जन लिने परम्पराको विकास हुँदै आएको मान्यता पनि पाइन्छ ।

त्यसका साथै साथै, नुवाकोटको तारुका अन्तर्गत खाल्टेमा रहेको जग्गा बझाङे राजाको बिर्ता जग्गा रहेकाले त्यसलाई भोगचलन गरेवापत आफ्नो मालिकलाई माघे संक्रान्तिमा मनोरञ्जन प्रदान गर्न गोरु जुधाउने गरेको त्यसैबाट यसले निरन्तरता पाएको स्थानीयवासी नवीन अधिकारीको बुझाइ छ ।

जिल्लाका विभिन्न स्थानमा गोरु जुधाइ हुने भएपनि विगत १३ वर्षदेखि तारुका र वेत्रावतीमा व्यवस्थित तरिकाले यो मेला आयोजना हुँदै आइरहेको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौंँ, धादिङ लगातका जिल्लाबाट हजारौंँको संख्यामा दर्शकहरुको सहभागिता हुने गरेको छ ।

प्रतियोगितामा सहभागिता गराउनकै लागि किसानहरुले निकै मेहनेत गरी गोरुको स्याहार सुसार गरिरहेका छन् र विजेता गोरुको गोरुधनीलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ । अहिले जुधाउने गोरुको दर्ताको लागि आवदेन खुल्ला गरिएको छ । महोत्सवलाई २०६२ सालदेखि स्थानीय युवाहरुले संस्कृतिको संरक्षण तथा पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले यसको व्यवस्थापनमा सक्रियता देखाइरहेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083