भक्तपुरको सूर्यबिनायकमा मोटरसाइकल अनियन्त्रित हुँदा एक युवकको मृत्यु

3.76K
shares

भक्तपुर । सूर्यबिनायक नगरपालिका ५ सल्लाघारी चोकस्थित सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान भएको दुर्घटनामा चालक भक्तपुर चाँगुनारायण नगरपालिका ४ बस्ने २९ वर्षीय शहीद तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

दुर्घटनामा घाइते तामाङको उपचारको क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको र अर्का घाइते चाँगुनारायण नपा ४ बस्ने २७ वर्षीय सेरवबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको पोखरेलले बताए ।


Mitsubishi Long Ad