भक्तपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

4.75K
shares

भक्तपुर । काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ९३९० नम्बरको बसले ठक्कर दिँदा बुधबार एकजना महिलाको मृत्यु भएको छ ।

सूर्यबिनायक नगरपालिका-५ कटुञ्जे सिर्जनानगरमा बसबाट ओर्लेने क्रममा सोही बसको ठक्करबाट ओखलढुङ्गा ज्यामिरे-२ घर भइ हाल भक्तपुर कटुञ्जे प्रगति चोक बस्ने ४० वर्षीय प्रतिमा वाग्ले बानियाँको मृत्यु भएको हो । ठक्करबाट घाइते बानियाँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

बस र बस चालक दोलखा भीमेश्वर नगरपालिका-६ घर भइ हाल भक्तपुर ठिमी बस्ने २७ वर्षीय नवराज नेपाललाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरू गरेको उनले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083