नेपाल – भारत सचिवस्तरीय बैठक पोखरामा, इनर्जी बैंकिङ बारे छलफल हुने

5.73K
shares

काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय छैटौं जोइन्ट स्टेयरिङ कमिटी (जेएसटीसी) को बैठक पोखरामा बुधबार र बिहीबार हुँदैछ । नेपाल र भारतबीचको सचिवस्तरीय बैठकमा भाग लिन भारतीय ऊर्जा सचिवको टोली काठमाडौं आइपुगेको छ ।

भारतीय ऊर्जा सचिव भल्लाले मंगलबार ऊर्जा मन्त्रालयमा मन्त्री वर्षमान पुनसँग भेट गरेका थिए । भारतीय विदेश सचिव भल्लासँग मन्त्री पुनले नेपालमा बन्ने जलाशययुक्त आयोजनाले भारतलाई हुने तल्लो तटीय लाभका विषयमा छलफल गरेको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पोखरामा हुने दुवै देशको ऊर्जा सचिवस्तरीय बैठकमा नेपाल– भारतबीच प्रस्तावित न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटी टुंग्याउने र इनर्जी बैंकिङको विषयमा छलफल हुने एजेन्डा छ । बैठकमा १३२ केभीको कटैया–कुसाहा र रक्सौल–परवानीपुर दोस्रो सर्किट निर्माण र भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको विषयमा समेत छलफल हुनेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083