पिएसजीलाई ९९ लाख जरिवाना
वि.सं.२०७५ माघ ९ बुधवार १४:३६
shares

एजेन्सी । युवा खेलाडीको प्रोफाइल जातियताको आधारमा तयार गरिएको भन्दै पेरिस सेन्ट जर्मन (पिएसजी) लाई ९९ लाख ७७ हजार रुपैयाँ जरिवाना तिराइएको छ।
फ्रेन्च लिगको अनुशासन समितीले पिएसजीलाई उक्त जरिवाना तिराएको हो। फ्रेन्च वेवसाइट मिडियापोर्टले खेलाडीहरुको हस्ताक्षरहरु उनीहरुको जातिगत आधारमा छुट्टाइएको विवरणहरु प्रकाशन गरेको थियो। कुनैपनि व्यक्तिको व्यक्तिगत विवरणहरु उसको जातिगत र नश्लिय आधारमा संकलन गर्नु फ्रान्सको कानुनको विपरित हो।
२०१३ देखि २०१८ सम्म पिएसजीका लागि काम गरेका पूर्व अफिसियलहरुको सुनुवाइपछि अनुशासन समितीले सो कारवाही गरेको हो।
आरोपितमध्येका एक स्कटका अनुसार प्रत्येक खेलाडीलाई उनीहरुको प्रोफाइल तयार गर्दा फ्रेन्च, उत्तरी अफ्रिकन, ब्ल्याक अफ्रिकन र वेष्ट इण्डियन गरी चार विकल्पहरु छान्न लगाइन्थ्यो।
पिएसजीले यसअघि क्लबको व्यवस्थापकलाई प्रोफाइलिङका क्रममा जातिय रजिष्ट्रेशन सिस्टम पनि भएको थाहा नभएको बताएको थियो।






























