मासु पसलमा तास खेल्ने १० जना पक्राउ

4.81K
shares

भक्तपुर । भक्तपुर नगरपालिका–९ च्यामासिंहस्थित मासु पसलमा तास खेलिराखेको अवस्थामा प्रहरीले ६ बुक ताससहित १० जनालाई पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका–४ राममन्दिर घर भई हाल च्यामासिंहमा मासु पसल सञ्चालन गर्दै आएका ३६ वर्षिया सुदर्शन शाहीको मासु पसलमा तास खेलिराखेको अवस्थामा ७३ हजार २१० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083