सुनसरीमा भैँसी सुन्दरी प्रतियोगिता : दुई सयभन्दा बढी सहभागी

5.01K
shares

इनरुवा । सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ। विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको हो।

स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासका अनुसार प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैँसी प्रथम, बालेश्वर परसैलाको भैँसी दोस्रो र कोशी गाउँपालिका–४ का रामरत्न यादवको भैँसी तेस्रो भएको हो।

Image result for भैँसी सुन्दरी प्रतियोगिताविजेता भएका भैँसी धनीलाई गाउँपालिकाले क्रमशः रु २५ हजार, १५ हजार र रु १० हजार नगद पुरस्कार दिने गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले बताए। प्रतियोगितामा प्रथम भएका भैँसी धनीलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भैँसी नै पुरस्कार दिने घोषणा गरे।।

प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रभित्रका करीब दुई सयभन्दा बढी भैँसीलाई सहभागिता गराइएको थियो। कार्यक्रमअन्तर्गत शनिबार गाई सुन्दरी प्रतियोगिता गर्ने आयोजकले जनाएको छ।रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083