सवारी दुर्घटनामा सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, सिडिओको अवस्था गम्भीर

6.07K
shares

बारा । बारामा पूर्व पश्चिम राजमार्गको पसहा खोलमा सवारी दुर्घटनामा परी बाराका एपिएफ एसपी बलराम पोखरेलको मृत्यु भएको छ। उनको मृत्यु भएको अलपाइन अस्पताल सिमराले पुष्टि गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको अवस्था पनि नाजुक रहेको छ।

कर्मचारी मिलन केन्द्र बाराको निजगढमा आयोजित कार्यक्रममा सहभागी भएर पथलैया हुँदै कलैया फर्किन लागेको क्रममा पसहा पूलको पूर्वतिर रोकिएको ट्र्याक्टरमा ठोकिएर एसपी र सिडियो सवार ना १ झ १६३३ नम्बरको स्कार्पिओ साँझ साढे ८:३० पल्टेको थियो।

अस्पताल आइपुग्नु अघि नै पोखरेलको मृत्यु भइसकेको अस्पतालले जनाएको छ। गाडीका चालक जगत पटेल घाइते भएको र उपचार भइरहेको बताइएको छ।

सिडियो भट्टराई निजगढमा प्रारम्भिक उपचार गरेको र वीरगंज रिफर गरिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुवास हमालले बताए। भट्टराईको उपचार वीरगंज-१४ गण्डक बहुअरीस्थित वीरगंज हेल्थकेयरमा भइरहेको र तत्कालै नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ लैजाने तयारी भइरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083