वैदेशिक रोजगार बिभाग ताहाचलबाट ५ विचौलिया पक्राउ

7.74K
shares

काठमाडौं । श्रम तथा वैदेशिक रोजगार विभाग ताहाचलमा सक्रिय ५ जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

सेवाग्राहीहरुले कार्यालयबाट सिधै सेवा लिन नसक्ने परिस्थिति रहेको तथा बिचौलियाहरूले दश गुणा भन्दा बढी रकम लिएर काम गरिदिने गरेको र नक्कली भिषा कार्ड समेत बनाइने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

श्रम स्वीकृतिको लागि विभाग आएका ईन्द्र बहादुर रजाली मगरले आफ्नो पासपोर्ट नम्बर ०५५६८०५७ मा भिषा कार्ड नै सच्चाएको अबस्थामा फेला परेर जानकारी दिए पश्चात बिचौलिया कार्यमा संलग्न गणेश कटुवालले उक्त कार्ड बनाउन सहयोग गरेको खुल्न आएको थियो।

शनिबार काठमाडौं महानगरपालिका २६ स्थित मित्रनगर मेचिकालि गेष्टहाउसबाट उनलाई पक्राउ गरी थप अनुसन्धान गर्दा कृष्ण प्रसाईलगायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083