२७३ किलो चरेसको धुलोसहित दुईजना पक्राउ

4.97K
shares

काठमाडौं । मकवानपुरमा २७३ किलो चरेसको धुलोसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–१ बस्ने ४३ वर्षीय मेवा भनिने चन्द्र बहादुर घलान र धादिङ गजुरी गाँउपालिका–८ बस्ने ३६ वर्षीय पशुपति भनिने जिवन तामाङ रहेका छन्। प्रहरीले घलानको घरबाट गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागू औषध चरेस २६७ पोकामा २७३ किलो र पाँच वटा बोरामा १९० किलो चरेश बनाउन तयारी गाँजा धुलो बरामद भएको छ। बरामद भएको चरेसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083