यी हुन् वर्ल्ड प्रेस फोटो अवार्डमा मनोनीत भएका ६ फोटो

4.77K
shares

एजेन्सी । वर्ल्ड प्रेस फोटो अवार्ड २०१९ मा वर्षको उत्कृष्ट फोटोका लागि मनोनीत ६ फोटो बुधबार सार्वजनिक गरिएको छ। ४ हजार ७३८ फोटोग्राफरहरुले विश्वभर खिचेका ७८ हजार ८०१ फोटोहरुबाट २५ देशमा रहेका ४३ नोमिनीहरुले उत्कृष्ट फोटोहरु छानेका थिए।

हेर्नुस् फोटो अफ दि इयरमा मनोनीत ६ फोटो :

सिरियामा ग्यास आक्रमणबाट घाइते भएका एक पुरुष र बालक उपचार गराउँदै। २५ फेब्रुअरी २०१८ मा विद्रोहीहरुले अड्डा जमाएको अन्तिम ठाउँमध्येको एउटा इस्टर्न घाउटामा रकेट आक्रमण र हवाई बमवर्षा गरिएको थियो। त्यहाँ कम्तिमा एउटा ग्यास आक्रमण पनि भएको भनिन्छ। मेडिसिन्स सान्स फ्रन्टियरसका अनुसार आक्रमणमा १ हजार ५ जनाको मृत्यु र ४ हजार ८ सय २९ जना घाइते भएङ्का थिए।

चाडको बोलमा रकेट प्रोपेल्ड ग्रिनेड लञ्चर्स कोरिएको भित्ता नजिकैबाट हिँडिरहेका एक टुहुरा बालक। राजनीतिक द्वन्द्व र वातावरणीय कारणले चाड बेसिनमा मानवीय संकट आइलागेको छ।

साउदी सत्ताका आलोचक खसोग्गी २ अक्टोबरमा डकुमेन्ट लिनका लागि कन्सुलेट प्रवेश गरेपछि हराइरहेका थिए। हप्तौँसम्मको हल्लापछि रियाधले उनी मरेको घोषणा गर्योर। टर्की र सिआइएले साउदी जासुसहरुले उनको हत्या गरेको दावी गर्छन्। १५ अक्टोबरका दिन साउदी अनुसन्धानकर्ताहरु टर्कीको इस्तानबुलस्थित साउदी अरबको कन्सुलेटमा आइपुग्दा एक अपरिचित व्यक्ति प्रेसलाई रोक्ने कोशिश गर्दै।

मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरुलाई अमेरिकामा खानतलासी लिने गरिन्छ। १२ जुनमा टेक्सासमा अमेरिकी सीमा रक्षकहरुले आमा सान्द्रा सान्चेजको खानतलासी लिँदा होन्डुरसकी याना रुँदै। ६ अप्रिलमा अमेरिकी अधिकारीले इमिग्रेसन नीतिमा सून्य सहनशीलताको घोषणा गर्दै अमेरिकामा अवैध रुपमा प्रवेश गर्नेलाई कानुनी कारबाही गरिने बताएङ्का थिए। यसको केही समयपछि नै पक्राउ परेकाहरुलाई आमाबाबुबाट अलग राखिएको खबर आएका थिए। यद्यपि केही समयपछि यानाका पिता, जो होन्डुरसमै थिए, उनले याना र उनकी आमा नछुट्टिएको बताए। तर पनि यो फोटोका कारण अमेरिकी राष्ट्रपति ट्रम्पले निकै आलोचना सहनु पर्यो ।

जिम्बाब्वेमा वैकल्पिक संरक्षण मोडलका रुमा आकाशिङ्गा नामको रेन्जर फोर्स गठन गरिएको छ। यो फोर्समा महिलामात्र हुन्छन्। ३० वर्षकी पेट्रोनेल्ला चिगुम्बुरा फोटोमा देखिन्छिन्। वन्यजन्तुको संरक्षण गर्दा प्रत्यक्ष फाइदा हुने गरी स्थानीयलाई सहयोग गर्न यो फोर्सले काम गर्छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083