‘सुखी नेपालीको नारा पदमा बसेकाहरुका लागि मात्र उपयुक्त’ : सीपी गजुरेल

4.77K
shares

विराटनगर । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले सरकार आफ्नो सुविधा वृद्धिका लागि केन्द्रित भएको आरोप लगाएका छन्।

देशभक्त जन-गणतान्त्रिक मोर्चा नेपालको मेची–महाकाली अभियानबारे जानकारी गराउन बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा समृद्धिको सपना बाँडेको सरकार आफ्नै सुविधा बढाउन केन्द्रित भएको बताएका हुन्।

केन्द्र प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सुविधा भोगी हुँदा जनता निराश भएको गजुरेलले बताए। सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा पदमा बसेकाहरु का लागि मात्र भएको उनको आरोप छ। महंगी, महिला हिंसा र गैरकानुनी कारोबार मौलाएको बताउदै गजुरेलले भ्रष्टाचार र दण्डहीनताका अनेक घटनाले सरकार कमजोर बनेको बताए।

समाजवाद उन्मुख संविधान जारी भएको देशमा स्वास्थ्य र शिक्षा निशुल्क हुनुपर्ने बताउदै उनले नेपालमा सरकारले नै माफियाकरण बढाएको बताए। सरकारको कार्यशैली विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि बोल्न नसकेको उनको गुनासो छ। जनअपेक्षा अनुसार काम गर्न नसकेको सरकारको विकल्प संसद बाहिरबाट खोज्नुपर्ने गजुरेलको भनाइ छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083