एनसेलको सुरक्षा गार्ड पक्राउ
वि.सं.२०७५ फागुन ११ शनिवार ११:२१
4.13K
shares
shares

काठमाडौं । प्रहरीले एनसेलको मुख्यालयमा भएको बम विष्फोटमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ। सिसीटिभि फुटेजमा देखिएको गतिविधिका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
नख्खुस्थित कार्यलय नजिक शुक्रबार राती भएको बम विस्फोटबाट तीन जना घाइते भएका थिए। घाइतेमध्यका एक जना लमजुङका सिंहबहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएको छ। उनको मेडिसिटी हस्पिटलमा उपचारका क्रमम उनको मृत्यु भएको हो।
अन्य दुई घाइते प्रतिक्षा खड्का र उषा मानन्धरको उपचार भइरहेको छ। हिजै देशभरका बिभिन्न ठाउँमा रहेको एनसेल टावरमा पनि आगजनी गरिएको छ। घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन।
































