भाषाशास्त्री बालकृष्ण पोखरेलको निधन
वि.सं.२०७५ फागुन १२ आइतवार १०:४८
7.46K
shares
shares

मोरङ । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा निधन भएको छ। मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई गत शनिबार उपचारका लागि विराटनगरको श्री अस्पतालमा भर्ना गरिएको थियो।
पोखरेलको हिजो शनिबार राति १ बजे विराटनगरको जलेज रोडस्थित आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। भाषाविद् पोखरेल एक महिनादेखि मस्तिष्कघात र उच्च रक्तचाप थलिएका थिए। पोखरेलले १ सय ३० वटा बढी पुस्तक लेखेका छन्।
































