८ वर्षीय बालक हत्या प्रकरणः दोषीलाई आजीवन कैद
वि.सं.२०७५ चैत ८ शुक्रवार ११:४५
8.85K
shares
shares

काठमाडौँ । गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरण पछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ। बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएको हो।
अपहरण पछि हत्याको कसुरमा आजीवन कैद सजाय सुनाइएको अपराध संहिता लागू भए पछि सम्भवत : यो पहिलो घटना हो। यस अघि कास्की जिल्ला अदालतले बलात्कार पछि हत्याको घटनामा कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको थियो।































