देशै भर एनसेलको सिम बहिष्कार अभियान सुरु

6.44K
shares

काठमाडौ । नीजि क्षेत्रको सबै भन्दा ठूला टेलिकम सेवा प्रदायक कम्पनि एनसेल एक्जियटाले नेपाल सरकारलाई ४० अर्ब भन्दा बढी राजश्व नबुझाउने छलकपट गर्न थाले पछि सरोकारवालाहरुले एनसेलको सिम बहिस्कार गर्ने अभियान थालेका छन्।

पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथा एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीले अभियान नै चलाएका छन्।

‘एनसेलले कर तिर्नु पर्छ भनेर निर्णय गर्यो। निर्णय पश्चात नेपाल सरकारलाई एनसेलबाट कर अशुल गर्न जानकारी दिइयो। नेपाल सरकार ठूला करदाता कार्यालयले ७ दिन भित्र झन्डै ४० अर्ब कर रकम चुक्ता गर्न एनसेललाई पत्र लेख्यो,’ भण्डारीले आफ्नो फेसबुकमा भिडियो सन्देशमा भनेका छन्,‘७ दिन पुग्ने दिन एनसेलले सर्वोच्च अदालतमा अर्को मुद्दा दायर गरेर कर नतिर्ने र यो मुद्दाको निर्णय हुन समय लागुन्जेलसम्म अर्थात १/२ वर्षसम्म लम्ब्याउने कर नतिर्ने छलकपट र परिपञ्च गरेको छ।’

भण्डारीले यति ठूलो रकम मुलुकको ढुकुटुीमा नआउँदा राष्ट्रको अहित हुने बताए । मुलुकलाई माया गर्ने प्रत्येक नेपालीले एनसेलले कर तिर्न आनाकाकानी गरेसम्म एनसेलको सिम बहिस्कार गर्न उनले सार्वजनिक आह्वान गरेका छन्।

‘एनसेलले कर नतिर्दासम्म प्रत्येक नेपालीले एनसेलको सिम प्रयोग नगरौँ। यसो गर्यो भने मात्रै एनसेलले कर तिर्न सक्छ। अन्यथा एनसेलले मुद्दा गर्ने बहानामा विभिन्न छलकपटका नाममा कर नतिर्ने र लम्ब्याउने काम गर्छ,’ उनले भने,‘जसले मुलकलाई ठूलो घाटा हुन्छ। मुलुकलाई मायाँ गर्ने प्रत्येक नेपालीहरु अब उठौँ जागौँ। र हामीले एनसेलको सिम कार्ड आजै देखि प्रयोग गर्न बन्द गरौँ।’


divya collage
unigloble collage