ला लिगामा अलाभेसमाथि बार्सिलोनाको दुई शून्यको जित
वि.सं.२०७६ वैशाख ११ बुधवार १२:३९
4.32K
shares
shares

एजेन्सी। ला लिगा लिगमा मंगलबार राति भएको खेलमा पनि बार्सिलोनाको विजयी यात्रा कायमै छ। मंगलबार राति भएको खेलमा बार्सिलोनाले अलाभेसमाथि दुई शून्यको जित निकालेको हो।
यो जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि यात्रा झन् बलियो बनाएको छ भने घरेलु मैदानमा अलाभेस पराजित हुन पुगेको छ। बार्सिलोनाका खेलाडी कार्ल्स एलीनाले ५४ औं र लुइस स्वारेजले ६० औं मिनेटमा गोल गरेका थिए। जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८० अंक बनाउन सफल भएको छ।






















