विप्लव समूहका स्याङजा इन्चार्ज पक्राउ
वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०८:५६
5.75K
shares
shares

गोर्खा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङजा जिल्ला इन्चार्ज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामको घ्याम्पेशाल चोकबाट बिहीवार राति उनलाई पक्राउ गरेको हो । उनीसहित प्रहरीले थप एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२७ का ३३ वर्षीय विप्लव जिल्ला इन्चार्ज गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका-१ का ३२ वर्षीय सामान्य कार्यकर्ता जीवन क्षेत्री रहेको डीएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।
उनीहरु विरुद्ध शुक्रवार सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएपसी शर्माले बताए ।


















